काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु बैठक बसेर छलफल गर्न लागेको यो पहिलो पटक हो ।
सत्ता साझेदार दलहरुबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा छलफल हुँदै आएको छ ।
तर उनीहरुबीच सिट बाँडफाँटको विषयमा कुरा मिलिसकेको छैन । सत्ता गठबन्धनका एकजना नेताले आजको बैठकमा सिट बाँडफाँट र चुनावको रणनीतिका विषयमा छलफल हुने बताए ।
प्रतिक्रिया दिनुहोस्