Ads

काँग्रेस बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादी त्यसको बिँड : ओली


ललितपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको रुपमा चित्रणा गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइ दिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बींड बनेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले बिँड बिनाको बन्चरोले रुख ढाल्न नसक्ने र एमाले रुपी रुख ढाल्न प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको बताउनु भयो ।

दुई तिहाईको कम्युनिष्ट सरकार तिनै बिँडले ढालेको भन्दै प्रचण्ड र माधव नेपालको पछि लाग्ने कार्यकर्तालाई कम्युनिष्ट पार्टी सिध्याउने बिँडको भूमिकामा नलाग्न सम्झाउने अभियान थाल्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले रुख बन्चरोको कथा समेत सुनाउनु भयो ।

Ads

सम्बन्धित पोष्टहरू