Ads

गठबन्धन बैठक : सिट बाँडफाँट गर्ने कार्यदलको संयोजकमा सिटौला चयन


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको संयोजकमा कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला चयन भएका छन् ।
बालुवाटारमा बसेको पहिलो बैठकले सिटौलालाई बैठकको संयोजन गर्ने जिम्मा दिएको कार्यदल सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकमा सबैले आ आफ्नो धारणा राखेका थिए । यो कार्यदलले सिट बाँडफाँटको लागि विस्तृत छलफल गरेर आफ्नो प्रतिवेदन शीर्ष बैठकमा पेश गर्ने उनले जानकारी दिए ।

कार्यदलमा कांग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा तथा नेकपा एसबाट प्रमेश हमाल र बेदुराम भुसाल सदस्य छन् ।

कार्यदलमा जसपाबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् ।

Ads

सम्बन्धित पोष्टहरू