Ads

कोरोना सङ्क्रमणदर निरन्तर उकालो,२४ घण्टामा ८६८ जनामा पुष्टि, तीनको मृत्यु


काठमाडौं । असार अन्तिम सातादेखि कोरोना सङ्क्रमणदर निरन्तर उकालो लाग्दै गएको छ । साउन १ गते चार प्रतिशतको हारहारीमा भएको सङ्क्रमणदर बढेर झण्डै १३ प्रतिशतमा पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीनजना सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारले कुल छ हजार ७०५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

डा.अधिकारीका अनुसार तीन हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यमामा मात्रै तीन सय जनामा कोरोना पुष्टि भएको डा.अधिकारीले जानकारी दिनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू