सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले तीज धमाका गर्ने भएको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय सञ्जालले अनाथ तथा असहाय र फरक क्षमता भएका बालबालिकाहरुको सहयोगार्थ उक्त कार्यक्रम गर्न लागेको हो ।
हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आगामी अगष्ट २० तारिखमा ईन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा कार्यक्रमको आयोजना गरिएको छ ।
असहाय बालबालिकाहरुको सहयोग गर्ने र आफ्नो मातृभूमी छाडेर परदेशमा रहेका दिदी बहिनीहरुलाई जमघट गराई मौलिक तीजको झल्को दिने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले जानकारी दिए ।
“नेपाली कला संस्कृति र मौलिक हरितालिका तीजको महत्व झल्काउने गरी कार्यक्रम आयोजना गरिएको पोखरेलले जानकारी दिए ।
तीज धमाकामा नेपालका बहुचर्चित कलाकारहरु शान्ति श्री परियार र खुमन अधिकारी लगायत कलाकारहरुले सागींतिक प्रस्तुती दिनेछन् ।
पछिल्लो समय सामाजिक संरचना र सामाजिक रुपान्तरण तथा नेपाली लोक दोहोरी क्षेत्रमा एक अब्बल र स्थापित कलाकारको रुपमा पहिचान बनाएकी शान्ति श्री परियार र खुमन अधिकारीले नेपालको सांस्कृति पर्व तीजको नेपालको झल्को मेटाउने गरी प्रस्तुती दिने सञ्जालकी नेपाली कला साहित्य तथा संस्कृति सयोंजक सुचना पाण्डेले जानकारी दिईन् । ।
कार्यक्रम विशुद्ध सामाजिक कार्यकालागि आयोजना गरिएको र बालबालिकाको सहयोगार्थ च्यारिटी कार्यक्रम समेत रहेकाले विभिन्न पेशा व्यवसाय,अगुवा तथा नेपालीहरुलाई उपस्थितिका लागि अध्यक्ष पोखरेलले अनुरोध गरेका छन् ।
अजि फाईनान्स एण्ड होम लोनको मुख्य प्रायोजक एवं सहकार्य रहेको सो कार्यक्रमलाई एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस,मल्टि डायनामिक रियल स्टेट, ल्याण्ड एण्ड लिज रियलस्टेट, किगंस्फोर्ड इन्टरनेशनल ईन्स्टिच्युट, आइकोनिक एजुकेशन ग्रुप, सनराईज मिट एण्ड ग्रोसोरिस माइल्स इन्टरनेशनल कन्सलटेन्सी, एभरेष्ट ट्राभल्स एन्ड टुर्स साथै एक दर्जन पनि वढि विभिन्न व्यवसायिक संस्थाहरुले हातेमालो गरेका छन् ।
जसमा क्रमशःग्लोवल कर्न्सलट,एक्टिभ ब्लाईन्ड पल्स प्राइभेट लिमिटेड,बन्जन अटोमोटिक सर्भिस,ट्याक्स मेट एवं एकाउन्टिङ व्यवसायिक सर्भिसेस, सक्सेस्, मरकेज एवं फाइनान्स, बुद्ध ज्वलरर्स कपिल नेपाल स्मार्टलाईन माया फाइनान्स, EXTRATECH,एभेस्ट तन्दुरी,हिसिला होमलोन, एभरेस्ट कम्युनिकेशन, तिलिचो कन्सल्टटेन्सी ग्रुप, वेस्ट लिगं एजुकेशन एन्ड भिषा सर्भिसेस , स्टेप बाई स्टेप कन्सलटेन,तिप्ती फाउन्नेसन, हाम्रो ग्रोसरी पसल, डि वाई बुच्चरी, क्यानमारा कलेज एवं म्यानेजमेन्ट टेक्नोलजि, Robust एजुकेशन पोखरा, अर्बेन रिएल स्टेट, डोमिनोस् पिजा धर्म राज अधिकारी/विना पौडेल, Hecard कन्सल्ट प्राइभेट लिमिटेड, भिडिए फाईनान्स एन्ड क्यापिटल (VDA), डि.एन्ड डि लिग्गल, आरोवि वुटिक पार्टनर, signs प्रिन्ट एन्ड डिजाइन वरिष्ठ समाजसेवी देव बहादुर गुरुङ र आई टि पार्टनर शिव पौडेल लगायतका संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन् ।
रुपन्देही स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका नेपालीहरुको साझा संस्था रुपन्देही सामाजिक सञ्जाल(RSNA) ले असहाय अपागं तथा गरिब र विपन्नलाई सहयोग गर्दै आईरहेको छ ।
विगत ६ वर्षदेखि क्रियाशिल संस्थाले कोरोना महामारीको समयमा विधार्थीहरुलाई राहत सामाग्री एवं नगद वितरण विनासकारी महाभुकम्पको बेलामा नेपाल लगायत गृह जिल्लामा थुप्रै राहत सामाग्री प्रदान तथा अस्पतालमा अति आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण लगायतका अन्य विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्