नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।
मंगलबार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दैछ।
सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो।
आगामी चुनाव, बाबुराम भट्टराईले माओवादीकै चुनाव चिन्ह लिनेजस्ता विषयमा स्थायी समितिमा छलफल हुने एक नेताले बताए।
साथै पदाधिकारी चयन, स्थायी समितिलाई पूर्णता दिनेजस्ता एजेन्डामाथि पनि छलफल हुनेछ।
माओवादीले सत्ता गठबन्धनका ५ दलसँग चुनावी तालमेल गर्ने गरेको थियो। सत्ता गठबन्धनका शीर्ष नेताले साउन २० मा संयुक्त विज्ञप्ति जारी गर्दै मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्