प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ ।
बिहीबार ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न आग्रह गरेका हुन ।
प्रधानमन्त्री देउवाले भने ‘‘महिला उद्यमशीलता प्रबर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाई रचनात्मक भूमिका निर्वाह गर्न जरुरी छ । यस्ता मेलाहरुले उद्यमीहरुबाट उत्पादित वस्तु तथा सेवाको प्रचारप्रसार बिक्री वितरण र बजारीकरणका लागि महासंघले आयोजना गरेको प्रदर्शनीले सिङ्गो नेपाली महिलाको व्यावसायिक सञ्जाललाई विस्तार गर्ने सहयोग पुग्नेछ ।’’
प्रधानमन्त्रीले महिला उद्यमशीलता प्रबर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाई रचनात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले यस्ता मेलाहरुले व्यावसायिक सञ्जाललाई विस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन ।
स्वदेशमै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी विस्तार गर्नमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढाएको दाबी गरे ।
व्यापार मेलामा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुलाई प्राथमिकतामा राखी समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी विस्तार गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाई छ ।
जम्ला, हुम्ला, डडेल्लधुराजस्ता विकट जिल्लाबाट पनि उद्यमशील महिलाहरु सहभागी भई आफ्ना उत्पादनहरु प्रदर्शनीमा ल्याएको जानकारी पाउँदा खुशी लागेको छ भन्दै प्रधानमन्त्रीले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको बताए ।
प्रधानमन्त्री देउवाले भने यस्ता व्यापार मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकताका साथ समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी विस्तार गर्न आवश्यक छ, यसले दिगो विकासको लक्ष्यमा मद्दत पुग्नेछ, यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार छ ।
भदौ ६ गतेसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरुको सहभागिता रहेको छ ।
नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रबर्द्धन गर्ने उद्देश्य महासंघले राखेको छ ।
प्रतिक्रिया दिनुहोस्