सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले आयोजना गरेको तीज धमाका नाईट २०२२ पाँच सय भन्दा बढि नेपाली दिदिवहिनी तथा दाजुभाईहरुको सहभागिता सम्पन्न भएको छ ।
जन्मभूमिबाट टाढा रहेपनि नेपाली कला संस्कृति र परम्पराको जगर्ने गर्ने उद्धेश्यका साथ रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले आयोजना गरेको तिज धमाका नाईट २०२२ मा सिड्नी लगाएतका विभिन्न सहरबाट सहभागिहरु आउनुभएको थियो ।
कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायीका शान्तिश्री परियार प्रस्तुतीका लागि पुग्नुभएको थियो । गायक अधिकारी र गायीका परियारले प्रस्तुत गरेका विभिन्न तिजका गीतमा सहभागिहरुले नाचेर साथ दिएका थिए । कार्यक्रममा स्थानिय कलाकार निशान ढकाल लगायतका कलाकार हरुको नृव्य एवं प्रस्तुति समेत प्रस्तुत भएको थियो ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रुपन्देही सामाजिक सञ्जालले अनाथ तथा असहाय र फरक क्षमता भएका बालबालिकाहरुको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम ईन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा सम्पन्न भएको थियो । आफ्नो मातृभूमी छाडेर परदेशमा रहेका दिदी बहिनीहरुलाई जमघट गराई नेपाली मौलिक तीजको झल्को दिने उद्धेश्य सहित गरिएको कार्यक्रम सफलताका साथ सम्पन्न भएको सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिहरुलाई नेपाली खानपान सहित नाचगानको समेत व्यवस्था गरेको सञ्जालकी कला साहित्य तथा संस्कृति संयोजक सुचना पाण्डेले जानकारी दिनुभयो ।
अवैतनिक महावाणिज्यदूत दिपक खड्काको प्रमुख आतिथ्यता, समाजका अध्यक्ष क्तिराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा, गैरआवशिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष एवं एनएसडब्ल्यूका कोअडिनेटर देव गुरुङ लगाएत विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
यसैगरी औपचारिक कार्यक्रमको सञ्चालन सञ्जालका महासचिव रंजिता भण्डारीले गर्नुभएको थियो भने अनौपचारिक साँस्कृतिक कार्यक्रमको सञ्चालन सूचना पाण्डे र सपना गुरुङले सञ्चालन गर्नुभएको थियो ।
अजि फाईनान्स एण्ड होम लोनको मुख्य प्रायोजक एवं सहकार्य रहेको सो कार्यक्रमलाई एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस,मल्टि डायनामिक रियल स्टेट, ल्याण्ड एण्ड लिज रियलस्टेट, किगंस्फोर्ड इन्टरनेशनल ईन्स्टिच्युट, आइकोनिक एजुकेशन ग्रुप, सनराईज मिट एण्ड ग्रोसोरिस माइल्स इन्टरनेशनल कन्सलटेन्सी, एभरेष्ट ट्राभल्स एन्ड टुर्स साथै एक दर्जन पनि वढि विभिन्न व्यवसायिक संस्थाहरुले सहयोग प्रदान गरेका थिए ।
जसमा क्रमशःग्लोवल कर्न्सलट,एक्टिभ ब्लाईन्ड पल्स प्राइभेट लिमिटेड,बन्जन अटोमोटिक सर्भिस,ट्याक्स मेट एवं एकाउन्टिङ व्यवसायिक सर्भिसेस, सक्सेस्, मरकेज एवं फाइनान्स, बुद्ध ज्वलरर्स कपिल नेपाल स्मार्टलाईन माया फाइनान्स, EXTRATECH,एभेस्ट तन्दुरी,हिसिला होमलोन, एभरेस्ट कम्युनिकेशन, तिलिचो कन्सल्टटेन्सी ग्रुप, वेस्ट लिगं एजुकेशन एन्ड भिषा सर्भिसेस , स्टेप बाई स्टेप कन्सलटेन,तिप्ती फाउन्नेसन, हाम्रो ग्रोसरी पसल, डि वाई बुच्चरी, क्यानमारा कलेज एवं म्यानेजमेन्ट टेक्नोलजि, Robust एजुकेशन पोखरा, अर्बेन रिएल स्टेट, डोमिनोस् पिजा धर्म राज अधिकारी/विना पौडेल, Hecard कन्सल्ट प्राइभेट लिमिटेड, भिडिए फाईनान्स एन्ड क्यापिटल (VDA), डि.एन्ड डि लिग्गल, आरोवि वुटिक पार्टनर, signs प्रिन्ट एन्ड डिजाइन वरिष्ठ समाजसेवी देव बहादुर गुरुङ र आई टि पार्टनर शिव पौडेल लगायतका संस्था तथा व्यक्तिहरुले सहयोग गरेका थिए ।
रुपन्देही स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका नेपालीहरुको साझा संस्था रुपन्देही सामाजिक सञ्जाल(RSNA) ले असहाय अपागं तथा गरिब र विपन्नलाई सहयोग गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्