काठमाडौं । नेकपा एमालेले विभिन्न पार्टी र समूहबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि विशेष निर्णय गरेको छ । त्यसको कार्यविधी नै बनाएर देशभर पार्टी प्रवेश गरेकाहरुको विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टी प्रवेश गरेकाहरुको व्यवस्थापन गर्ने र प्रवेशको लहरलाई निरन्तरता दिँदै उनीहरुलाई उपयुक्त जिम्मेवारी दिन आवश्यक निर्णय गरिएको बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे ।
उहाँले नवप्रवेशीहरुलाई केन्द्रको अनुमतिमा जिल्ला वा मातहत कमिटीमा मनोयन गर्न र समस्या भएमा माथिल्लो किमटीसँग समन्वय गर्न भनिएको बताउनुभयाे ।
बैठकले पछिल्लो समय विभिन्न दलबाट प्रवेश गरेका केन्द्रीयस्तरका नेताहरुलाई सल्लाहकार र केन्द्रीय कमिटीमा गरेको मनोनयन अनुमोदन गरेको छ । जसअनुसार केन्द्रीय सल्लाहकार परिषदमा काठमाडौंका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बागलुङका नवराज पौडेल छन् । शाक्य र नेपाली जसपाबाट र पौडेल कांग्रेसबाट एमालेमा प्रवेश गर्नु भएकाे थियाे।
त्यस्तै माओवादीबाट प्रवेश गरेका जीवन गौतम, कांग्रेसबाट प्रवेश गरेका अमृत राजवंशी र सांसद बृजेश गुप्तालाई केन्द्रीय सदस्यमा गरिएको मनोनयन पनि बैठकले अनुमोदन गरेको छ ।
यसैविच एमालेले आगामी निर्वाचनमा माओवादी र नेकपा एससँग गठबन्धन नहुने स्पष्ट पारेको छ । एमाले एक्लै चुनावमा गए पनि बहुमतको सम्भावना बाँकी नै रहेको स्थायी कमिटी बैठकको छ ।
बैठकले गठबन्धनका विषयमा नेताहरुका फर फरक धारणा आउनु नहुने निर्णय गरेको छ । ‘काँग्रेस सँगको गठबन्धन छोडेर आए कुरा गर्न सकिन्छ नत्र अब कसैले पनि वाम गठबन्धनको भ्रम त्यागौ’ बैठकमा अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एकजना स्थायी कमिटी सदस्यले भन्नुभयाे ‘पार्टीको आन्तरिक एकता मजबुद बनाएर चुनावमा होमिनु पर्दछ ।’
बैठकपछि उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले १० र ११ गते हुने केन्द्रीय कमिटीका एजेण्डा पनि तय भएकाे जनाउनु भयाे । त्यसमा उम्मेद्वारहरुको सिफारिसको मापदण्ड समेत प्रस्तावित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्