Ads

विवाहको जग्गेमा नै नागरिकता दिन नहुने धारणा


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विवाहको जग्गेमा नै वैवाहिक अंगीकृत नागरिकता दिन नहुने बताउनु भएकाे छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबारआयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले नागरिकता दिँदा विवाह टिक्छ कि टिक्दैन भनेर हेर्नुपर्ने बताउनुभयाे।

उहाँले भन्नुभयाे “वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । त्यो पाउने वित्तिकै जग्गेमा त दिने होइनन् । अलिक समय हेर्ने पर्‍यो त्यो साँच्चै हो कि होइन, विवाह टिक्छ कि टिक्दैन, नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अंश पाउन मात्रै विवाह गरेको छ कि ? यस्तो कुराहरू हेर्नुपर्छ ।”

ओलीले आफू प्रधानमन्त्री भएका बेला एउटै पार्टीमा हुँदा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक रोकेको रोक्यै गरेको  तर अहिले छलफल गर्न नदिई अघि बढेको बताउनुभयाे ।

उनले नेपाली नागरिक र उनका सन्तानले नागरिकताबाट बञ्चित हुन नहुने बताए । नागरिकताको समस्या सही ढंगले समस्या समाधान गर्ने एमालेबाहेक अरू कोही नभएको दाबी गरे । अरूले नागरिकताका नाममा मधेसमा राजनीति मात्रै गर्ने गरेको ओलीको आरोप छ ।

Ads

सम्बन्धित पोष्टहरू