Ads

नवनियुक्त भारतीय राजदूत श्रीवास्तव किन पुगे बाबुराम निवासमा ?


काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र  नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव भेटघाट गरेका छन् ।

श्राेतका अनुसार  नवनियुक्त भारतीय राजदूत  श्रीवास्तव नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  भट्टराईलाई भेट्न उनकाे निवास  टोखा पुगेका हुन् ।

डा. भट्टराईले आज सामाजिक सञ्जालमार्फत भारतीय राजदूत श्रीवास्तवसँगको  भेटकाे पुष्टि गरेका छन् ।

उनले भेटमा नेपाल र भारतबीच आपसी हितका विषयमा विचारविमर्श भएको उल्लेख गरेका छन् ।

डा. भट्टराईले लेखेका छन्, ‘नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवद्वारा शिष्टाचार भेट ! नेपाल र भारतबीचका आपसी हितका विषयमा विचारविमर्श !’

भेटमा भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि सहभागी थिइन् ।

Ads

सम्बन्धित पोष्टहरू