काठमाण्डौ ।
गुल्मि सेवा समाज युएइले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक अभियान्तालाई सम्मान गरेको छ । वैदेशिक रोजगारमा रहेका गुल्मेली दाजुभाइको पहलमा जिल्लाको समग्रमा बिकास र दिन दुखिहरु बिपन्न परिबार हरुको सेवामा समपिर्त भएर परिबर्तन का निम्ति उल्लेख्य योगदान गरेका सामाजिक अभियन्ता भरत जंग क्षेत्रीलाइ सम्मान दुवाईमा सम्मान गरेको हो ।
गुल्मी जिल्ला धुर्कोट गाउँ पालिका मा जन्मिएर अहिले बुटवल लाई कर्मथलो बनाएका क्षेत्रीले थुप्रै माध्यम बाट जनताको सेवामा समपिर्त हुनाले सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी गुल्मी सेवा समाज युएई का संरक्षक कृष्ण गौतमले कोही पनि रहरले विदेशमा नजाने र विदेशीमा विवशताको जीवन बिताउँदै आफ्नो गास काटेर यसरी गाउँको विकास र समृद्धिमा समपिर्त रहने असल कार्यहरु प्रती राज्यको नजर जान आवश्यक रहेको धारणा राखे।
अध्यक्ष रुद्र थापाले राज्यले गर्नुपर्ने कार्य जनस्तरबाट अर्थात एउटा सामान्य नागरिक बाट हुनु गौरवको कुरा भएको उल्लेख गरे।
कार्यक्रम मा बोल्दै सम्मानित भरत जङ्ग क्षेत्रीले समाज परिवर्तन का निम्ति र अरुलाइ सहयोग गर्न वैदेशिक रोजगारमा रहेका सबै नेपालिहरुको योगदानको जति गुणगान गाए पनि कम हुने बताए ।
प्रतिक्रिया दिनुहोस्