Ads

अनधिकृत संरचनाहरू भत्काउदै महानगरको टाेली


काठमाडौँ । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काइरहेकाे छ।

बुधबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काएको छ ।

मेयर शाहसँगै नेपाल प्रहरी र महानगरीय प्रहरीको टोली खटिएका थिए ।

यसअघि महानगरको टोलीले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना  पनि भत्काइदिएको थियाे ।

बुधबार महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

त्यसअघि सोमबार पनि महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू