काठमाडाै। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौं महानगरपालिकालाई ३० वटा ट्रिपर निःशुल्क सहयोग गरेको छ ।
महासंघले १८ वटा ट्रक पनि महानगरपालिकालाई सहयोग गरेको महानगर प्रमुख बालेन्द्र शाह`बालेन´ले बताउनुभयो। महानगरपालिकाको फोहोर ब्यवस्थापन गर्नका लागि यातायात व्यवसायीकाे सहयाेग फलदायी हुने प्रमुख शाहले बताउनुभयो।
महानगरले अहिले कुहिने र नहकुहिने फोहोरको पहिचान गरेर व्यवस्थापन गर्ने काम अगाडि बढाईरहेको छ। महानगरले यहाँकाे फोहोरमैला बञ्चरे डाँडामा पुर्याउँदै आएको छ।
लामो समयदेखि सडक किनारामा फोहर थुप्रिदा कलंकी ,कालीमाटी,बल्खु,अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायतका स्थानमा धेरै प्रदुषण हुँने गरेकाे महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयाे ।
उहाँका अनुसार महानगरका ३२ वडामध्ये २३ वडामा नीजि कम्पनीको सहयोगमा फोहोर व्यवस्थापनकाे कामह भैरहेको छ।
प्रतिक्रिया दिनुहोस्