काठमाडौ । नेकपा एकीकृत समाजवादीका चर्चित नेताहरु नेकपा एमालेमै फर्कने निर्णयमा पुगेका छन ।
माधव नेपाल समुहको सुदुरपश्चिम प्रदेशमा हस्ती मानिने पूर्वमन्त्री तारा लामा तामाङ, सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष विक्रमबहादुर शाही, पूर्वमेयर अशोक चन्द, बीरबहादुर बुढाथोकीसहित नेकपा एकीकृत समाजवादीका दुई दर्जन नेताहरु एमाले फर्कने निर्णयमा पुग्नुभएको हो ।
उहाँहरुले आफ्नो टीमसँग छलफल गरी एमाले फर्कन तयार भएको बताउनुभयाे । यी नेताहरु एमालेमै फर्कने निर्णयसँग सुदुरपश्चिममा नेकपा एस रित्तिने अवस्थामा पुगेको छ ।
पूर्वमन्त्री एवं चर्चित नेता तारा लामाले एमालेमा फर्कने निर्णय आफूहरुले गरिसकेको बताउनु भयो । हाँका अनुसार एकता समन्वय समितिको नाममा माधवले माओवादीमा पार्टी बिलय गराउने योजना सार्वजनिक गरेपछि एमालेबाट सो पार्टीमा लागेका सवै फर्कने तयारीमा रहेका छन ।
यता प्रदेश अध्यक्ष शाहीले पुनर्गठनको नाममा माधवलाई साथ दिएर आत्मग्लानी भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, २०५४ सालमा बामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो । त्यस्कोपछि लाग्ने मा म पनि थिएँ । पार्टी बिभाजनले कांग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस बापत पछुतो र आत्मग्लानी भएको छ । बिगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिएँ भने आजका मितिदेखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्