Ads

दल दर्ता र निर्वाचन चिन्हको क्रम निर्धारण गर्दै निर्वाचन आयोग


काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ ।

आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८७ दल सहभागी हुने जनाएको छ । आयोगका सहायक प्रवक्ता एवम् सहसचिव सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।

“निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ (चौरासी) वटा  निवेदन प्राप्त हुन आएकोमा  राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदन लगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७९ वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम गरिएको छ” विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी पदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि प्रदेश १ मा ६२ दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ७०, मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ७५ रहयकोग आयोगले जनाएको छ ।

त्यस्तै, बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ७२, गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ६६, लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ६८ रहेको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

सोहीअनुसार कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ रहनेगरी आयोगले निर्णय गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू