बुटवल । कपिलवस्तुमा गोली हानी एक जनाको हत्या भएको छ।
आज अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको हत्या भएको हो। कपिलवस्तुका डीएसपी जेसी साहले मायादेवी गाउँपालिका ६ का ५० वर्षीय घुरहु पासीमाथि गोली प्रहार भएको जानकारी दिनुभएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको र थप अनुसन्धान भइरहेको साहले बताउनुभयो। गोली लागेर गम्भीर घाइते भएका घुराहुलाई तौलिहवा अस्पताल लगिएको थियो।
प्रतिक्रिया दिनुहोस्