Ads

समानुपातिक नाम सिफारिस गर्न कांग्रेसले बनायाे यस्ताे मापदण्ड


काठमाडौं ।  नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको सिफारिस गर्न मापदण्डसहित मातहत कार्य समितिहरुलाई निर्देशन पठाएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले हस्ताक्षर गरेर पठाएको निर्देशनमा कम्तिमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्न भनिएको छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा भदौ १८ भित्र जिल्ला कार्य समितिबाट प्रदेश कार्य समितिमा पठाउनुपर्ने भनिएको छ ।  सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न भनिएको छ ।

कांग्रेसले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट निर्वाचित भएका व्यक्तिको नाम सोही कोटामा सिफारिस गर्न नपाइने भनेको छ ।  प्रदेश समितिले भदौ २० गतेभित्र आफ्नो राय समेत समावेश गरी केन्द्रमा पठाउनुपर्नेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू