Ads

राष्ट्रपतिकाे सन्देशलाई सरकारले सम्मान गरेकाे दावी


काठमाडाैँ ।  गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिकाे सन्देशलाई सरकारले सम्मान गरेकाे बताएका छन्।

सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाणले यस्ताे बताएका हुन्।

खाणले भने, राष्ट्रपतिको सन्देशलाई सरकारले सम्मान गरेको छ। राष्ट्रपतिले दिएका सुझावलाई नियमावलीमार्फत् सम्बोधन गर्न सकिन्छ। विधेयकलाई पारित गराैँ।’

राष्ट्रपतिबाट सन्देशसहित विधेयक फिर्ता आउनु प्रक्रिया नै रहेको भन्दै उनले राष्ट्रपतिले पठाएको सन्देशउपर नै छलफल गर्नुपर्नेमा जोड दिए।

बैठकमा सांसदहरूले विधेयकउपर हालेको संशोधन प्रस्तावको विषयमा जिज्ञासा राखेका थिए। तर, गृहमन्त्री खाणले विधेयक पास गर्दा अस्वीकृत भएका संशोधन प्रस्तावमाथि छलफल नहुने बताए।

Ads

सम्बन्धित पोष्टहरू