संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणासँग उनीमाथि लागेका आरोपबारे सोधपुछ गर्ने भएको छ।
आज बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठककक्षमा बस्ने बैठकमा राणामाथि बयान लिन लागिएको हो।
एक साताअघि बसेको बैठकले राणामाथि सोधपुछ गर्ने निर्णय गरेको थियो।
आजको बैठकमा आफूमाथि लागेका आरोपबारे राणाले सफाइदिनुपर्ने छ। यसअघि समितिले राणा विरूद्धका प्रमाण मागेको थियो।
नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले विभिन्न प्रमाण कागज र सञ्चार माध्यमहरूमा आएका समाचारका लिंकहरू महाअभियोगको प्रमाणको रूपमा पेश गरेका थिए।
महाअभियोग सिफारिस समितिले तीन महिनाभित्र आफ्नो काम सम्पन्न गर्नुपर्नेछ।
प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्