Ads

नेकपा एसका नेताहरू एमाले प्रवेश गर्दै,स्वागत गर्न ओली आज कञ्चनपुरमा


कञ्चनपुर । सुदुरपश्चिममा  नेकपा एसबाट प्रतिनिधीसभा र प्रदेशसभाका साँसदसहित पार्टीका प्रदेश अध्यक्ष नै एमाले प्रवेश गर्दै हुनुहुन्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कञ्चनपुरमा आयोजना हुने जनसभामा एसका नेताहरुलाई एमालेमा प्रवेश गराउनुहुनेछ ।

एमाले केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु पालका अनुसार एसकी केन्द्रीय सदस्य एवं प्रतिनिधीसभा सदस्य बीना बुढाथोकी,केन्द्रीय सदस्य एवं प्रदेश साँसद तारा लामा,सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रम शाही,बेदकोट गढी नगरपालिकाका पूर्व मेयर अशोक चन्द लगायत एमाले प्रवेश गर्दैहुनुहुन्छ ।

त्यसैगरी कैलालीबाट पनि काङ्ग्रेस,माओवादी,नेकपा एस,जसपा,राप्रपाका प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश हुने कार्यक्रम रहेको एमाले कैलालीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू