काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुबीच छलफल भएको छ ।
अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव जनार्दन शर्मा राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति भवन पुगेकाे जानकारी अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरणले दिए ।
पछिल्लो समय राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे विभिन्न पार्टी र नागरिक अगुवाहरूसँग परामर्श गर्दै आएकी छन् ।
यसअघि सोमबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग समसामयिक एवम् नागरिकता विधेयकमा छलफल गर्नुभएको थियो । साथै उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग पनि परामर्श गरिसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस्