Ads

कांग्रेस नेता केसी नुवाकोटबाट समानुपातिक तर्फ सिफारिस , प्रत्यक्षमा अन्य तीन


काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ तीन जना नेताको नाम सिफारिस गरेको छ।

क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ सहित राज्यलक्ष्मी पाँडे  र लालीमाया तामाङलाई सिफारिस गरेको सभापति जगतबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार समानुपातिकतर्फ केन्द्रीय सदस्य अर्जुननरसिंह केसी सहित धुव्रप्रसाद अधिकारी र रुक्मिणी सेढाइँलाई सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आगामी मङ्सिर ४ मा हुदैछ् ।

 

Ads

सम्बन्धित पोष्टहरू