Ads

भारतिय सेना अध्यक्ष पाण्डे जङ्गी अड्डामा


काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिनीय नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो । सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरेका छन् ।

यसअघि भारतिय सेना अध्यक्षले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए । प्रधानसेनापति शर्मा र उनीबीच अहिले भेटवार्ता भइरहेको छ । केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको जङ्गी अड्डाले जनाएको छ ।  राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

सेनाध्यक्ष पाण्डे आइतबार नेपाल भ्रमणमा आएका छन् । उनी  विहीबार स्वदेश भारत फिर्ता हुने कार्यक्रम रहेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू