Ads

संसदको आयु लम्ब्याउने विधेयकको सशक्त प्रतिरोध :सुवास नेम्वाङ


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमाले संसदको आयु एक सेकेण्ड पनि लम्ब्याउने पक्षमा नरहेको बताउनुभएको छ ।
यो बेलासँग कुरा गर्दै नेम्वाङले सरकारले संसदको आयु लम्ब्याउने गरी ल्याएको विधेयकको एमालेले सशक्त प्रतिरोध गरिरहेको बताउनुभयो । ‘कानुनी छिद्र खोजेर संसदको आयु लम्ब्याउने कुरा मान्य छैन भनेर कानुन मन्त्रीलाई मैले हिजो कुरा राखें । उहाँले प्रधानमन्त्रीसँग कुरा गर्छु भन्नुभयो’ नेम्वाङले भन्नुभयो ‘राती कानुन मन्त्रीजीले फोन गर्नुभयो । प्रमुख प्रतिपक्षीको सहमती छैन भने रोकौं न त भनेर प्रधानमन्त्रीले भन्नुभयो भनेर मलाई सुनाउनु भएको छ । ’
नेम्वाङले आजको संसदमा सरकार कसरी प्रष्तुत हुन्छ त्यसपछि मात्र उनीहरुको विश्वास गर्न सकिने बताउनुभएको छ । सम्पती शुद्धिकरणका लागि ल्याइएको मानी लाउण्डरिङ सम्बन्धी विधेयकमा एमालेको आपत्ती नरहेको तर त्यसमै घुसाएर साँसदको आयु फागुनसम्म लम्ब्याउने कुरामा पूर्ण विमती रहेको उहाँले बताउनुभयो ।
नेम्वाङका अनुसार निर्वाचन आयोगले व्याख्या गरे झैं समानुपातिकको सुची बुझाएको दिन नै संसदको यो कार्यकाल सकिने छ । चुनावको मुखमा आफ्नै आयु आफैं थपेर जनताका माझ जानु उचित नहुने नेम्वाङले बताउनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू