Ads

प्रतिनिधि सभाको आयु थप्ने प्रस्ताव फिर्ता हुने


काठमाडौं । सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ मार्फत प्रतिनिधिसभाको आयु थप्न खोजेपछि चौतर्फी आलोचना भएको छ । सरकारको यो कदममा निर्वाचन आयोगले समेत असहमत जनाइसकेको छ ।

यसैविच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको आयु नलम्ब्याउने बारे गठबन्धन दलमा सहमति भइसकेको बताएका छन् । मंगलबार बिहान धनगढी पुगेका दाहालले आजै यो प्रस्ताव फिर्ता हुने जानकारी गराए ।

‘आयु लम्ब्याउन हुँदैन भनेर गठबन्धनमा बसेर छलफल भएको छ । एकदिन पनि यताउता गर्नु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मनोनयनपछि संसद रहँदैन । एकदम क्लियर छ त्यहाँ द्वविधा हुनै पर्दैन ‘, प्रचण्डले भने ।

प्रचण्डले भने, ‘बीचमा केही टेक्निकल कारणले संसद लम्ब्याउने कि भनेर प्रमुख सचेतकहरूले सोच्नुभएको रहेछ । गठबन्धन बसेर यसरी सोच्नु हुँदैन । कहिँ इफ बट हुन दिन हुँदैन । ४ गते निर्वाचन हुन्छ त्यहाँ भन्दा अगाडि केही काम कन्फ्यूजन पैदा गर्ने गरी गर्नुहुँदैन भन्ने भइसकेको छ । सायद आजै प्रस्ताव फिर्ता हुन्छ ।’

Ads

सम्बन्धित पोष्टहरू