काठमाडौं । असन क्षेत्रका फुटपाथको सामान खाली गर्न काठमाडौं महानगरपालिकाले भोलिसम्मको समय दिएको छ । आजदेखि महानगरले फुटपाथमा राखिएका पसलहरु हटाउन सुरु गरेको हो ।
महानगरले मानिसहरु हिड्ने बाटोमा राखिएका विभिन्न किसिमका सामानहरु हटाउन निर्देशन दिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । व्यवसायीहरुले आफैले सामान नहटाए भोलि महानगरको गाडी गएर हटाउने नगर प्रहरी प्रमुखले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्