काठमाडौं । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्