Ads

कांग्रेस नेता गुरुङ मनाङबाट प्रतिनिधि सभा सदस्यमा सर्वसम्मत सिफारिस


काठमाडौं ।नेपाली कांग्रेस मनाङले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । केन्द्रीय सदस्य तथा पुर्वमन्त्री टेकबहादुर गुरुङलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाउनका लागि सर्वसम्मत सिफारिस गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकले क्षेत्रबाट आएको सिफारिसअनुसार नेता गुरुङलाई एकल र सर्वसम्मतरूपमा सिफारिस गरेको  कांग्रेस मनाङका सभापति शङ्कर गुरुङले जानकारी दिए । प्रतिनिधिसभा समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्युङ गुरुङ (कर्मा) लाई सिफारिस गरेको छ ।

प्रदेशसभा क्षेत्र नं १ (क) मा प्रत्यक्षतर्फ सङ्दो लामा, चन्द्र घले, छिरिङ घ्याल्पो लामा र मुनिन्द्रजङ्ग लामाको नाम सिफारिस  गरेको छ । यस्तै समानुपातिकतर्फ महेन्द्र घलेको नाम सिफारिस गरेको सभापति गुरुङले बताएका छन्  ।

प्रदेशसभा क्षेत्र नं १ (ख) मा गण्डकी प्रदेश सरकारका खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङगे) लाई समर्थन गर्ने निर्णय भएको नेपाली कांग्रेस मनाङले जनाएको छ । अघिल्लो निर्वाचनमा राजीव गुरुङले स्वतन्त्र उम्मेदवारको तर्फबाट निर्वाचन जितेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू