Ads

एमाले र लोसपाविच चुनावी तालमेलकाे सम्भावना


काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विच चुनावी तालमेलकाे सम्भावना बढेर  गएकाे छ ।

तालमेलका लागि  एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । उनीहरुको बीचमा एमाले र लोसपा तालमेलबारे कुरा भएको एमालेका एक उच्च नेताले पुष्टि गरे ।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सत्ता गठबन्धनसँग चुनावी तालमेलको प्रयासमा खासै प्रगति हुन नसकेको भन्दै एमालेसँग मिल्ने सम्भावना बढेको बताए ।

महतोले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे पनि सत्ता गठबन्धनमा जाने सम्भावना टर्दै गएको बताए । महतोले भने, ‘हामीलाई तालमेलका लागि दुवै पार्टीले भनेका हुन् । सत्ता गठबन्धनबाट पनि प्रधानमन्त्रीले लोसपालाई आग्रह गरेका थिए । तर, त्यहाँ खासै प्रगति देखिएन । पाँच दलीय गठबन्धनमा जाने अवस्था अहिलेसम्म देखिएको छैन । मलाई लाग्छ, पाँच दलीय गठबन्धनमा लोसपा जाँदैन । एमालेसँग पनि अनौपचारिक रुपमा कुरा भइरहेको छ । एमालेसँग चुनावी तालमेल हुने सम्भावना म देख्छु ।’

उनले शीर्ष तहमा छलफल भइरहेको र चाँडै एउटा मोडालिटीमा सहमति हुन सक्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू