काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वर्गीय महारानीको सम्मानमा भदौ २५ गते शनिबारदेखि भदौ २७ गते सोमबारसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो ।
बैठकले तीन दिन नै नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको गृहमन्त्री बालकृष्ण खाणले बताए ।
प्रतिक्रिया दिनुहोस्