काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा।बालकृष्ण चापागाईं नेकपा (एमाले) मा फर्ककेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा आज चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गरे ।
रुपन्देहीको बुटवल निवासी चापागाईं पुराना पत्रकार हुन । नेकपा (एमाले) का पुराना कार्यकर्ता चापागाईं गतबर्ष पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका थिए । नेकपा एसका केन्द्रीय सदस्य चापागाईं उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाको निवर्तमान सहइन्चार्ज थिए।
एमालेमै फर्किएछि डा।चापागाईंले नेपालको राजनीति एकातिर बामपन्थी, प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी, पुँजीवादी गरी दुई धू्रबमा विभाजित रहेको र बामपन्थी, प्रगतिशील धारको नेतृत्व नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओलीले मात्र गर्नसक्नुहुन्छ भन्ने निष्कर्षका साथ आफू पुरानै पार्टीमा फर्किएको बताए ।
मुलुकले अग्रगमन र राजनीतिक स्थायित्व चाहिरहेको र त्यो एमालेले गर्नसक्छ भन्दै चापागाईंले एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा विकास गर्न पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्