काठमाडौं ।चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे ३ बजे त्रिभुवन विभानस्तलमा अवतरण गरेका हुन् ।
चिनियाँ विशेष विमानबाट करिब एक सय जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका चान्सुलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् ।
चार दिने नेपाल भ्रमणमा आएका चान्सुले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवि भण्डारी सहित अन्य उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्