Ads

जसपाका संघीय र प्रदेश सांसद नै एमालेमा,जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार : ओली


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुई सांसदले पार्टी छाडेका छन् ।
जनकपुरमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेश २ सभा सदस्य अञ्जुकुमारी यादव एमालेमा आएका हुन् ।

उनीहरूलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका थिए । दुवैजना जसपाका केन्द्रीय सदस्य पनि हुन् ।

यसैबिच अध्यक्ष ओलीले जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार रहेको बताए । जनकपुरमा एमालेद्वारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारलाई भने, ‘जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने दुई लाइनको विधेयक ल्याउनुस् । भोलि नै पास गरिदिन्छौं ।’

विदेशी महिलालाई विहे गरेर ल्याइने बित्तिकै नागरिकता दिन नसकिने संकेत गर्दै उनले अहिलेको विधेयक फिर्ता लग्न पनि आग्रह गरे । उनले मधेसमा जन्मसिद्व नागरिकका सन्तान मात्र समस्यामा रहेको र उनीहरुलाई नागरिकता दिने पक्षमा एमाले रहेको स्पष्ट पारे ।

अध्यक्ष ओलीले एमाले मधेस विरोधी नभएको पटक–पटक दोहोर्‍याए । उनले भने, ‘म जस्तै टोपी लगाएको त दुई/चार जना मात्र छन् । यहां सबै त मधेसी नै छन् । अनि एमाले कसको पार्टी ? मधेसीको । एमाले पहाडी र हिमाली सबै नेपालीको हो ।’

त्यस्तै उनले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन् ।

सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू