Ads

बन्द सूचीमा नाम भएका व्यक्तिको पद स्वतः रद्द हुने


काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया सुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरूको पद स्वतः रद्द हुने गरी कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधवार राजनीतिक दलका प्रतिनिधिहरूसँगको परामर्शपछि असोज २ गतेअघि नै २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम रहेकाको पद रद्द हुने गरी प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

“२०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरूको कानुन बमोजिमको अवधि प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल अवधिभर रहनेछ भन्ने व्यवस्था रहेको हो ’’ उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘‘कार्यकालको विषयमा आयोग त स्पष्ट नै छ । तैपनि त्यसलाई प्रष्ट व्याख्या गरेर कहीँ कतैबाट प्राप्त नभएको हुनाले असोज २ गतेदेखि यो प्रक्रिया प्रारम्भ गर्न हामीले राजनीतिक दलसँग कुरा गर्‍यौँ र एकमत के भयो भने जब अर्को कार्यकालको निम्ति नयाँ बन्द सूची लिइन्छ भने पुरानो बन्द सूची कुनै तरिकाबाट निष्क्रिय गर्ने प्रक्रियामा जानुपर्दछ भन्ने कुरा आयो ।’’

Ads

सम्बन्धित पोष्टहरू