काठमाडौं ।साफ यु-१७ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।
श्रीलंकामा बुधबार हिजो सम्पन्न च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ४-० गोलले पराजित भएको थियो ।
भारतले नेपाल विरुद्ध समूह चरणमा बेहोरेको हारको बदला फाइनलमा लिँदै चौथो पटक उपाधि जितेको हो । चौथो पटक फाइनल पुगेको नेपाल चारै पटक फाइनलमा भारतसँग नै पराजित भएको थियो ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलमा भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले गोल गरे ।
खेलको ३९ औं मिनेटमा कप्तान प्रशान्त लक्समले रातो कार्ड पाएपछि नेपाल दश खेलाडीमा समेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्