Ads

निर्वाचन आयोगद्धारा समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक


काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको छ।

शुक्रबार आयोगले आफ्नो वेबसाइटमार्फत नमुना मतपत्र सार्वजनिक गरेको हो। आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।

त्यसको लागि आयोगले समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको हो।

आयोगले प्रतिनिधि सभाको र प्रदेश सभाको छुट्टै मतपत्र सार्वजनिक गरेको हो। यस्तै सात वटा प्रदेशको पनि छुट्टाछुट्टै मतपत्र आयोगले सार्वजनिक गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१