Ads

महाअभियोग सिफारिस समितिको बैठक आज, सभामुखलाई प्रतिवेदन बुझाउँने


काठमाडौं ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान सकेको छ ।शनिबार यसअघि लिएको बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएपछि जबरासँगको बयान सकिएको हो ।

आजै ३ बजे सिफारिस समितिको अर्को बैठक बसी प्रतिवेदन तयार गर्ने ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । ‘महाअभियोग प्रस्तावमाथि अनुसन्धान सकियो प्रतिवेदन तयार गर्न बाँकी छ, सचिवालयमार्फत मस्यौदा तयार भएको छ, त्यसलाई अन्तिम रुप दिन दिउँसो ३ बजे बैठक बोलाएको विष्टले बताएका छन्।

शनिबार आज राति १२ बजेबाट प्रतिनिधिसभाको कार्यकाल समाप्त हुँदैछ । त्यसैले आजै सभामुखलाई प्रतिवेदन बुझाउने सिफारिस समितिकाज्येष्ठ सदस्य विष्टले बताए ।प्रतिनिधि सभाको कार्यकाल सकिने भएकाले प्रतिवेदनमाथि छलफल हुने सम्भावना कम रहेको विष्टले बताए ।

समितिमा सत्तारुढ दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले जसरी भएपनि प्रतिवेदन तयार गर्नुपर्ने अडान राखेका छन् । एमालेका सदस्यहरुले भने प्राप्त प्रमाण र कागजात अध्ययनपछि मात्रै प्रतिवेदन बनाउन थाल्नुपर्ने बताएका छन् ।

 

 

 

 

Ads

सम्बन्धित पोष्टहरू