Ads

सरकार मंसिरमा हुने निर्वाचन निष्पक्ष र शान्तिपूर्ण गराउँन प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्।

आज प्रतिनिधिसभाको अन्तिम बैठकलाई संसद भवन नयाँ बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको कार्यकालमा संसदले उपलब्धि हासिल गरेको महशुस गरेको सम्बोधनमा भनेका छन्। प्रधानमन्त्री देउवाले वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको जिकिर गरेका छन् ।

प्रधानमन्त्री देउवाले मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण  गराउँन सरकार प्रतिबद्ध रहेको सदनमा बताएका छन् । प्रतिनिधि सभाको कार्यकाल शनिबार आज राति १२ बजेबाट सिदिदैँ छ ।

Ads

सम्बन्धित पोष्टहरू