Ads

चोलेन्द्र निवासमा मानव अधिकार आयोगको टोली


काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको एक टोली बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा पुगेको छ ।

सरकारले जबरालाई ‘नजरबन्द’मा राखेपिछ मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले भने, ‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो ।’

गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनी आजबाट काममा फर्कने तयारीमा थिए ।  तर सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षा कर्मी उहाँको निवासमा खटाएको छ ।

जबरालाई घरबाट बाहिर निस्कन दिएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१