Ads

चौतर्फी दबाबपछि नेविसंघले खोल्यो २ ठाउँका ताला,बाँकी जारी


काठमाडौँ । नेविसंघले  कर्मचारीको चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालयको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आईतबार खुलाएको छ ।

असार २७ गते संघले  यी महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डीन कार्यालयमा तालाबन्दी गरेको थियो ।

साउन १२ गते देखि उपकुलपति कार्यालयमा गरिएको तालाबन्दी भने जारी छ । परीक्षामा हुबहु प्रश्नपत्र सोध्नेलाई कारबाही हुनुपर्ने र समयमा नै नतिजा सार्वजनिक हुनुपर्ने लगायत माग अघि सार्दै नेविसंघले तालाबन्दी गरेको हो ।

तालाबन्दीका कारण कर्मचारीले दुई महिनादेखिको तलब सुविधा समेत पाउन सकेका छैनन् भने विश्वविद्यालयको आर्थिक कारोबार ठप्प भएको छ । कर्मचारी संघसंगठनले चाडपर्वको मुखमा तालाबन्दी नखुलाए फुटाई दिने चेतावनी दिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू