Ads

जसपा केन्द्रीय कार्यकारी समिति सदस्य अग्रहरी एमालेमा


काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारी समितिकी सदस्य तथा निवर्तमान सांसद अम्रिता अग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज  उनलाई ओलीले पार्टीमा स्वागत गरेका हुन् । अग्रहरीलाई ओलीले माला अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका प्रभावशाली नेताहरुले एमाले प्रवेश गरिरहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू