काठमाडौं । सरकारले भदौ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक संस्था सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् संञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्नद्रबहादुर कार्कीका अनुसार सरकारले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।
बैठकले बेलायतकी महारानी एलिजावेथको यही १९ सेप्टेम्बरमा हुने अन्त्येष्टिमा सहभागीताका लागि नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको टोली पठाउने निर्णय गरेको छ ।
यस्तै, बैठकले आगामी कात्तिक १ देखि ४ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।
त्यसैगरी सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्