काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुन गैरहेको निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फबाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवा सहित अन्य पदाधिकारीहरुलाई उम्मेदवार बनाउँन लागेको हो ।
समानुपातिकको सूचीलाई अन्तिम रुप दिन कांग्रेस पदाधिकारीहरु छलफलमा जुटेका छन् ।२०७४ को आम चुनावमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लडेकी थिइन् । नेकपा एमालेका नारदमुनी रानासँग पराजित भइन् । उनी यो पटक पनि प्रत्यक्ष लड्ने तयारीमा थिइन् । क्षेत्र, जिल्ला र प्रदेशले पनि आरजुको नाम एकल रुपमा पठाएको थियो । तर अन्तिम समयमा देउवाले समानुपातिकमा बस्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।
यस्तै पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्धय फर्मुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिक उम्मेदवारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्