काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासले राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा भ्रामक समाचार प्रकाशित भएकोमा सजग गराएको छ ।
कार्यालयका प्रवक्ता सागर आचार्ययले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयबाट भए गरेका कामकारबाही नियमितरुपमा विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको भन्दै सत्यतथ्य र यथार्थ बुझेर मात्रै समाचार प्रकाशन र प्रसारण गर्न अनुरोध गरेका छन् ।
पछिल्लो समय नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको छ । हालसम्म विधेयक प्रमाणीकरण नभएको विषयमा विभिन्न टिकाटिप्पणी हुनुका साथै राष्ट्रपति भण्डारीको राजीनामाका विषयमा पनि समाचारमा आएका छन् । यही विषयलाई लिएर शीतल निवासले आधिकारिक जानकारीका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस्