काठमाडौं- साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौ प्रयासमा पनि असफल भएको छ।
सोमबार दशरथ रंगशालामा भएको छैटौं संस्करणको उपाधि भिडन्तमा बंगलादेशसँग ३-१ गोलले पराजित भएसँगै नेपाल फेरि उपविजेतामा सिमित बनेको हो।
नेपाललाई हराएको बंगलादेशले भने साफ महिला च्याम्पियनसिपको पहिलो उपाधि जितेर इतिहास बनाएको छ।
यसअघि नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएको थियो। चार वटै फाइनलमा नेपाललाई भारतले हराएको थियो।
प्रतिक्रिया दिनुहोस्