काठमाडौं । अति ब्यस्त दैनिकीमा रहने नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अचानक ललितपुरको लाँकुरी भञ्ज्याङ पुगेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाउने काम सकिएपछि अध्यक्ष ओली फुर्सद निकालेर आज लाँकुरी भञ्ज्याङ पुगेका हुन ।
ओलीको सचिवालयले सार्वजनिक गरेको भिडियोमा अध्यक्ष ओलीले भनेका छन् ‘मैले अचानक नै सोचेको हुँ, आज धेरै सिरियस काम रहेन। काम नरहेका बेला फेरि अर्को प्रकृतिको सिरियस काम गरिहालौँ। केही सोच्ने कुरा, चिन्तन मनन गर्ने कुरा, स्वच्छ वातावरण प्रदूषणरहित डाँडामा बसेर केही भविष्यका योजनाहरु बनाउँ । केही रणनीतिहरु तय गरौं भनेर आएको हुँ।’
भिडियोमा ओलीले आफूले काठमाडौं वरीपरीका डाँडाहरू घुमिसकेको बताएका छन् ।
हेर्नाेस भिडियाे, श्राेत : ओलीको सचिवालय
प्रतिक्रिया दिनुहोस्