Ads

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकियो


काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठक सकिएको हो ।बैठक राष्ट्रपति कार्यालय पठाएको नागरिकता विद्येयक प्रमाणीकरण् नभएको विषयमा केन्द्रित रहेको थियो ।

कार्यदल समितिका एक सदस्यका अनुसार राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा विज्ञप्तिमार्फत सार्वजनिक स्पष्ट पार्ने  सहमति अनुरुप विज्ञप्ति सार्वजनिक गरेको पाँच दलीय गठबन्धनले जनाएको छ । राष्ट्रपतिको कदमको संवैधानिक र कानुनी पाटाका विषयमा गठबन्धनले विज्ञप्तिमार्फत स्पष्ट पार्ने सहमति बैठकमा भएको थियो ।

गठबन्धनभित्र सिट बाँडफाँडका विषयमा छलफल बैठक बोलाइए पनि नागरिकता विद्ययेक सम्बन्धि राष्ट्रपतिकै कदमको विषयमा बैठक केन्द्रित भएको नेताहरुको भनाइ छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले मंगलबार नागरिकता विधेयक प्रमाणीकरण् गर्नुपर्ने गठबन्धन दलहरुको निष्कर्ष थियो।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएराति नागरिकता विद्येयक सम्बन्धि चालेको कदमबारे गम्भीर विचारविमर्श भएको नेताहरुले बताएका छन् । राष्ट्रपतिले विद्ययेक १५ दिनसम्म  प्रमाणीकरण् नगरे आफैँ निष्क्रिय हुने संवैधानिक व्यवस्था रहेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू