काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरेपछि उपराष्ट्रपति नन्दवहादुर पुनले बिराेध जनाएका छन् ।
सत्ता गठबन्धनले राष्ट्रपतिको विरोध गरिरहेका बेला उनले बिज्ञप्ती नै निकालेका हुन ।
उपराष्ट्रपतिले बुधवार वक्तव्य जारी गर्दै राष्ट्रपतिको आलोचना गरेका छन् ।
बिज्ञप्ती उनले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत जनआवाज उठिरहेको दाबी गरेका छन् ।
बिज्ञप्तीमा संविधानको पालना र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नरहेको जिकिर गरिएकाे छ ।
हेर्नास बिज्ञप्ती
प्रतिक्रिया दिनुहोस्