काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश, जनता, संविधान र कानुनको भाषा बोल्ने बताएका छन ।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले कानूनको भाषा बोल्ने तर पाँच दलीय गठबन्धनले मसलको भाषा बोल्ने बताए ।
‘एमाले देशको भाषा बोल्छ, जनताको भाषा बोल्छ, संविधानको भाषा बोल्छ, कानूनको भाषा बोल्छ, गठबन्धन मसलको भाषा बोल्छ, निजी स्वार्थको भाषा बोल्छ । एमाले देशको हितका लागि जे-जे काम गर्नुपर्ने हो त्यो गर्छ, गठबन्धन र एमालेबीच यही भिन्नता छ ।’ अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले एमाले देश बनाउने अभियानमा लागेको क्रियाशिल संस्था भएको उल्ले । एमाख गरे ।
‘हाम्रो पार्टी गठबन्धन जस्तो आफ्नो सुरक्षा खोजेर आफ्ना स्वार्थका लागि खुडुल्किएको गठबन्धन होइन, देश बनाउनका लागि एकताबद्ध भएर अगाडि बढ्ने क्रियाशिल समूह हो, संस्था हो । ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्